Logo

शेखर कोइरालाको दाबी : भारतसँग कांग्रेसको सम्बन्ध बिग्रिएको छैन (भिडियोसहित)



काठमाडौं, २७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सस्तो लोकप्रियता कमाउन बढि केन्द्रित भएको आरोप लगाएका छन् ।

प्राईम टाईम्स टेलिभिजनको नियमित कार्यक्रम  जनता जान्न चाहन्छनमा  पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिण्डिकेट अन्त्य भैसक्यो भनेर खोकेपनि अझैपनि सिण्डिकेट कायमै रहेको उल्लेख गर्दै उनले भने, “यो सरकार कति कमजोर रहेछ भन्ने कुरा पुष्टि भयो । सरकारको प्रतिरक्षा गर है भनेर प्रधानमन्त्रीले मन्त्रीहरुलाई भन्नुभयो । हामीले कहाँ देशलाई भताभुंग बनायो ?”

सरकारका गलत क्रियाकलाप र कदमविरुद्ध आफ्नो पार्टीले सडकभन्दापनि सदनबाटै संघर्ष गर्ने पनि कोइरालाले बताए । अबको लडाईँ सडकमा भन्दापनि संसदमा गर्नुपर्ने उनको भनाई छ ।

सरकारले राम्रो काम गरे कांग्रेसले सदैव सहयोग र समर्थन गर्नेपनि उनको भनाई छ । “सहयोग भनेको के हो ? “-उनले भने । गलत गर्नेलाई आफूहरुको सहयोग नरहने उनको जिकिर छ । आर्थिक समृद्धि र विकासको कामप्रति सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन हुने पनि कोइरालाले विश्वास दिलाए ।

भारतसँगको आफ्नो पार्टीको सम्बन्ध खराब नरहेको उनको दाबी छ । उनले भने,”हामीहरुको सम्बन्ध त्यस्तो बिग्रिएको छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot