काठमाडौं, २९ साउन। सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ ।
मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले स्पष्टिकरण सोधेको थियो ।