Logo

देउवालाई लखेट्दै पौडेल पक्ष, हस्ताक्षर अभियान सुरु !



काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला महासमिति बैठक कहिले डाक्ने भन्ने विषयलाई लिएर सभापति शेरबहादुर देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडैल समूह खरो रुपमा उत्रिएको छ ।

स्रोतका अनुसार देउवाले भदौभित्र महासमिति बैठक नडाक्ने तयारी गरेको सुईंको पाएपछि नेता पौडेलले देउवाविरुद्ध हस्ताक्षर अभियान नै चलाएका छन् । देउवा महासमिति बैठक बोलाउन गम्भिर नबनेको पौडेल पक्षको आरोप छ ।

नेता पौडेलले देउवालाई भेटेरै यसअघि पनि बैठक तोकिएकै मितिमा राख्न आग्रह गरिसकेका छन् । पौडेल पक्षले देउवालाई महासमिति बैठक भदौमा राख्नुपर्ने भन्दै दबाबसहित निरन्तर लखेट्ने काम गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्