Logo

सरकार असफल भएपछि ओली धरापमा, प्रचण्डको प्रधानमन्त्री बन्ने बाटो खुल्दै



साउन ३०, काठमाण्डौ । पछिल्लो समय सरकारको कामप्रति प्रतिपक्षी दल मात्रै होइन, आम जनता नै सन्तुष्ट हुन नसकेको संकेत पाइएको छ ।

विकास निर्माण नभएको र स्थानीय सरकारले अनावश्यक कर उठाएको विषय बढि चर्चामा छ । यसले संघीय सरकारलाई नै अप्ठ्यारोमा पारेको देखिन्छ ।

सत्तारुढ दल नेकपाभित्रै पनि सरकारको कामप्रति असन्तुष्टी बढेको छ । दुई तिहाई बहुमतसहितको सरकारले जनताको मन जित्नेभन्दा पनि असन्तुष्टी बढाउने गरेको नेकपाभित्रैबाट टिप्पणी हुन थालेको छ ।

अर्कोतिर चुनावपछि एक्ता गरेका तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको गुट पनि देखिन थालेको छ ।

अर्को कार्यकालका लागि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद हात पार्नका लागि नेकपाका नेता माधवकुमार नेपाल अध्यक्ष केपी ओलीको निकट भएका छन् भने आफूलाई कुनै पनि पद नदिने आशंकामा अर्का अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक छलफलमा जुटेका छन् ।

ओली नेतृत्वको सरकारको आलोचना बढिरहँदा त्यसको फाइदा उठाउँद आफू अघि बढ्ने दाउमा दाहाल देखिन्छन् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा राम्रो काम गरेकाले स्यावासी पाएका दाहाल पुनः प्रधानमन्त्री बन्ने लोभमा देखिन्छन् ।

नेकपाभित्रै पनि पूर्व माओवादी र केही पूर्व एमालेका नेताहरुले दाहाललाई अगाडि बढ्न हौसला दिइरहेको बताईन्छ ।

सरकारको काम राम्रो नभएकाले दाहाललाई फाइदा हुने कतिपयको विश्लेषण छ ।
यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा सफल भएकाल अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मत पनि बढेको छ ।

झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भिम रावल लगायतका नेताहरु पार्टी एकतापछि रुष्ट हुँदै आएका छन् । उनीहरु अध्यक्ष ओलीसँग सन्तुष्ट छैनन् । त्यसैले पनि ओलीको विकल्पमा प्रचण्ड हुने हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot