Logo

जनप्रतिनिधिहरुले सिंहदरबारको भ्रष्टाचार स्थानीय तहमा पुर्याए : कोइराला



काठमाडौं, ३१ साउन । लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष होमनाथ कोईरालाले सिंहदरबारको अधिकार गाउँमा भाषणमामात्रै पुगेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘संविधानले सिंहदरबारको अधिकार गाउँगाउँमा लैजान्छौं भन्यो, तर जनप्रतिनिधिहरुले सिंहदरबारको अधिकारमात्रै नभएर भ्रष्टाचार पनि लिएर गएका छन्, जनतालाई करको मारमा पारेर देशको विकास हुँदैन, सरकारले यसमा गम्भिर हुन जरुरी छ ।’

साग बेच्ने, भैंसी, बेच्ने, माछा मार्नेहरुसँग पनि सरकारले कर असुल्ने नीति लिएको बताउँदै उनले भने,‘सरकारले जुन वर्गलाई दिनभरको कमाइले साँझ र बिहान कसरी धान्ने भन्ने चिन्ता हुन्छ । त्यस्ताहरुसँग कर असुल्ने कुरा सुहाउने कुरा होईन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot