Logo

सरकारको मूल्याङ्कन गर्ने हैसियत कांग्रेससँग छैन : राजन भट्टराई



भदौ ४, काठमाण्डौ । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएको ठिक ६ महिना पूरा भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा तय गरेको सरकारप्रति नागरिकको आशा धेरै भएपनि कमै मात्र पुरा भएको छ ।

५ वर्षे स्थीर भनिएको यो सरकारले कुल कार्यकालको १० प्रतिशत समय गुजारिसकेको छ । यो अवधीमा उपलब्धिको हिसाबकिताब गर्दै पुर्ण मूल्यांकन गर्ने समय नआईसकेपनि उसका केही कामले भने आशाबादी देखाएको सरकारी पक्षको दावी छ । हुन त कुनै पनि सरकारका लागि यो समय कामको समिक्षा गर्ने बेला होइन ।

तर बिहानीले दिनको संकेत गर्दछ भनेजस्तै सरकारको सुरुवाती कामले सरकारले आउदा दिनमा कस्तो काम गर्ला भन्ने अनुमान अहिले देखि नै गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना सम्बोधनहरुमा विकास, समृद्धि, रेल, पानी जहाज र सुशासन भन्न छुटाउदैनन् । तर सरकारले गरेका निर्णय र कामले प्रधानमन्त्रीका यी भनाईलाई पुरा गर्ने गरि काम गरेको कार्यक्रम बनेको देखिदैन ।

अहिलेसम्मका घटनाक्रमलाई विश्लेषण गर्दा सरकार तथा प्रधानमन्त्री अलमलमा परेको देखिए पनि सरकार सफल भएको सरकारी पक्षको दावी छ । तर किन सफल भयो भन्ने आधार भने भेटिएको छैन ।

नेपाल कम्युनिष्ट पार्टीका नेता डा. राजन भट्टराईले कांग्रेसले भनेजस्तो सरकार जस्ट पास मात्र नभएको दाबी गरे । तर किन भन्ने प्रश्नमा उनले कांग्रेसले विगतमा सरकार चलाउँदा भोगेको असफलताको उदाहरण दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले मुलुक अहिलेको लथालिङ्ग अवस्थामा आउनुको मुख्य कारण नेपाली कांग्रेस नै भएको जिकिर गरे ।

“बहुदलीय व्यवस्थापछिको विकृतिको जड कांग्रेस हो । त्यसैले अहिलेको सरकारको मूल्याङ्कन गर्ने हैसियत कांग्रेससँग छैन ।” भट्टराईले भने ।



प्रतिक्रिया दिनुहोस्