भदौ ४, काठमाण्डौ । पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
तर, ८० वर्षीय झाको घाँटीमा चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । उनको घाँटी पनि रेटिएको छ । झा पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको छ।
परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि पूर्व नेपाली राजदूत थिए ।