Logo

आफ्नै घोषणाले तनाबमा मन्त्री मगर, दशैँसम्म मेलम्चीको पानी वितरण नहुने !



भदौ ५, काठमाण्डौ । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न होला र काठमाण्डौ उपत्यकाका जनताको घरघरमा पानी पुग्ला भन्ने आशा पनि सपना जस्तै भएको छ ।

मेलम्चीको पानी वितरण गर्ने मिति पटकपटक तोकेर पनि अनिश्चित बन्दै आएको छ । पछिल्लो समय विना मगर खानेपानी तथा सरसफाई मन्त्री बनेपछि यसै वर्षको दशैँसम्म मेलम्चीको पानी घरघरमा वितरण गर्ने घोषणा गरेकी थिइन् ।

तर उनको घोषणा पनि कार्यान्वयन नहुने पक्का भएको छ । त्यसैले मन्त्री मगर तनावमा छिन् ।

मगरले निर्धारित समयभित्र मेलम्ची आयोजना सम्पन्न नगरे ठेकेदार कम्पनिमाथि कठोर निर्णय लिने तयारी गरेकी छिन् ।

मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न मेलम्ची परियोजनाको साइटमा पुगेकी मन्त्री मगरले आयोजनाको ठेक्का लिएको ठेकेदार कम्पनि (सिएमसी) को हेर्डक्वार्टरबाट आएका प्रतिनिधिसँगको बैठकमा समयमा काम नसके ठेकेदार कम्पनिमाथि कठोर कदम चाल्ने चेतावनी दिएकी हुन् ।

सिएमसी कम्पनिको इटाली हेडक्वार्टरबाट आएका प्रतिनिधि र मेलम्चीको जिम्मा लिएका ठेकेदारहरु राखेर मन्त्री मगरले नेपाल सरकारले आफ्नो दायित्व पूरा गरेको दावी गर्दै समयमा नै काम सक्न दबाब दिएकी हुन् ।

यसअघि ठेकेदार कम्पनीकै मुख्यालयका उच्च प्रतिनिधिसँग भएको छलफलमा दशैंअघि मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउने सहमति भएको थियो ।

सोमबारको बैठकमा मन्त्री मगर निकै कडा रुपमा प्रस्तुत भएकी थिइन् । मन्त्री मगरले ठेकेदारले पैसा लिएर पनि समयमै निर्माण सामग्री नल्याएको, काममा ढिलासुस्ती गरेको, काम नगरी उल्टो क्षतिपूर्ति दावी गरेका कारण आयोजनाको अवधि लम्बिएको सिएमसी कम्पनिका हेडक्वार्टर प्रतिनिधिलाई जानकारी गराएकी थिइन् ।

सुन्दरीजलबाट काठमाडौं पानी पथान्तरण गर्ने तयारी भने करिब करिब पुरा भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले बाग्मती नदीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जम्मा गरेर पाइप पखाल्ने र महाकाल थोक वितरण केन्द्र अन्तर्गतका पाइपलाईनमा पठाउने कार्य शुरु गरेको छ ।

तर मगले मन्त्री भएलगत्तै घोषणा गरे जस्तो दशैँअघि मेलम्चीको पानी घरघरमा पुग्ने सम्भावना भने टरिसकेको छ ।

सम्बन्धित समाचार : 



प्रतिक्रिया दिनुहोस्