भदौ ६, काठमाण्डौ । प्रधानमन्त्री संविधानअनुसार शक्तिशाली छन् । शक्तिशाली यसअर्थमा कि संसदमा दुई तिहाई बहुमतको साथ छ । उनलाई अहिलेको अवस्थामा प्रधानमन्त्री हटाउने सम्भावना देखिदैन ।
५ वर्षका लागि बनेको सरकारका प्रधानमन्त्री ओलीबाट जनताले धेरै अपेक्षा गरेका छन् । सरकार गठन भएको ६ महिनामा अपेक्षकृत काम हुन नसकेको आरोप लागिरहेको छ ।
तर प्रधानमन्त्री ओलीले उल्लेख्य काम भइरहेको दाबी गरेका छन् । उनी प्रधानमन्त्री भएपछि पटक पटक “म पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न” भने ।
तर प्रधानमन्त्री ओलीले खर्चमा मितव्ययिता अपनाउन नसकेको आरोप लाग्दै आएको छ । विगतमा करोडौँ रकम आफ्नो उपचारका लागि राज्यको पैसा प्रयोग गरेका ओलीले अहिले प्रधानमन्त्री कार्यालय संचालनका क्रममा अनावश्यक खर्च गर्ने गरेको आरोप लागेको छ ।
सवारी साधन धुनका लागि मात्रै लाखौँ रकम खर्च हुने गरेको तथ्यहरु सार्वजनिक भइसकेका छन् । अब भ्रष्टाचार केलाई भन्ने ?
अपारदर्शी र अनावश्यक खर्चका उदाहरण अरु पनि छन् ।
तर ओलीले एक सार्वजनिक कार्यक्रममा आफूलाई भ्रष्ट भनेकोप्रति निकै आक्रोष व्यक्त गरे ।
विराटनगरमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘मलाई पागलले मात्र भ्रष्ट भन्नेछ’ भन्ने अभिव्यक्ति दिए ।
भदौ ५ गतेको कार्यक्रममा ओलीको दाबी थियो, “तपाईंहरूको यो प्रधानमन्त्रीलाई पागलले मात्र भ्रष्ट भन्ने छ सद्देले भन्दैन । जनताले हामीलाई मौका दिएका छन् म पूरा गर्छ ु। अध्यक्ष प्रचण्ड र मैले अब जीवनमा केही पाइराख्नु जरुरी छैन । अब बाँकी जिन्दगी देशको समृद्धिका लागि बिताउने हो ।”
ओलीले भनेको कुरा सही होला, तर उनलाई भ्रष्टाचारको आरोप लगाउने जति सबै पागल हुन् त ?
प्रधानमन्त्री कार्यालयको अनावश्यक खर्चबारे केही दिन अघि प्रकाशित एक समाचारः
प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन । ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको छ ।
बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिने खबर नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको हो ।
भएको डिप बोरिङ प्रयोग गरिँदैन ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ ।
भ्रष्टाचार केलाई भन्ने ?
सम्बन्धित समाचार :