काठमाडौं, ६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरेका छन् ।
बुधबार साँझ प्राईम टाईम्स टेलिभिजन कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । मन्त्री यादवले प्रधानमन्त्री ओली सफल भएको दाबी गर्दै भने,”प्रधानमन्त्री पूर्ण रुपमा सफल हुनु भएको छ । यो ६ महिनामा धेरै राम्रो काम गर्नुभएको छ ।”
अब सरकार सुशासन कायम गर्दै अघि बढ्ने बताउँदै उनले भ्रष्टाचारी, कालाबजारी र तस्करीहरुलाई कडाभन्दा कडा कारबाही गर्नेपनि चेतावनी दिए । भ्रष्टाचारीलाई जेल हालेरै छोड्ने उनको उद्धघोष छ ।