काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले बाजपेयीले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको स्मरण गराएका छन् ।
उनले बाजपेयीको व्यक्तित्व अदभूत रहेकाले त्यसको प्रभाव आफूमा किशोर अवस्थामा हुँदा नै परेको पनि बताए।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेता नेपालले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बाजपेयीले छिमेकी नेपालसँगको सम्बन्धलाई दिएको महत्वको चर्चा गरेका थिए।