भदौ ८, काठमाण्डौ । १४ र १५ भदौमा हुने बिमस्टेकमा भाग लिन सदस्यराष्ट्रका प्रतिनिधि १२ भदौबाटै काठमाडौं आउन थाल्नेछन् । त्यसैले काठमाडौं रंग्याउन सरकारलाई चटारो छ । तर हतारको काम लतार भनेझै रातारात गरेको काम गुणस्तरिय हुन सकेको छैन ।
सरकार अहिले काठमाडौं रंग्याउन व्यस्त छ । काठमाडौंका मुख्य सडकमा खाल्डा देखिनु हुन्न, सडक विभागले टाल्न निर्देशन दिइहाल्छ । ठाउको ठाउ प्राविधीकहरु अलकत्रा र गिटी लिएर पिच टाल्न पुगीहाल्छन् । पहिलेजस्तो ढिलासुस्ती पनि हुन्न, दिउँसो होस या साझ, घाम लागोस या पानी परोस, पिच गर्ने काम तु का तु हुन्छ ।
बिमस्टेकका पाहुनाको आवागमन हुने मुख्य सडकहरु अहिले धमाधम पिच र रगरोकन हुदै छ । माइतीघर–तिनकुने, थापाथली–त्रिपुरेश्वर–कलंकी, चक्रपथ, रत्नपार्कवरिपरि, सिनामंगल–डिल्लीबजार सडक मर्मत हुदै छ । यस्तै जमल–लैनचौर, बालुवाटार (राष्ट्र बैंक)–नक्साल हुँदै डिल्लीबजारलगायत सबैजसो सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागले गरिरहेको छ ।
चाबहिल–जोरपाटी, चक्रपथ–महाराजगन्ज खण्ड भने मेलम्ची खानेपानी आयोजनाले मर्मत गरिरहेको छ । तर, हतारमा गरिएको सडक मर्मत गुणस्तरीय भने छैन । ४–५ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको मार खेपेका स्थानीयले बाटो बनाईदिन धेरे आग्रह गरे । तर सरकारले टेरेन । तर अचान सरकारले रातारात बटो त बनायो ।
तर गुणस्तर बने भने यस्तो छ :
https://www.youtube.com/watch?v=pwXws5iHBJ8&feature=youtu.be
जनताका गुनासा हजारौ आएपनि कानमा तेल हालेर बसेको सरकार अहिले अचानक व्यूझियो । वर्षैदेखि सुस्त सरकार एकाएक जागेपनि जनताका लागी काम भएन । पाहुनाका लागी काम भएपनि, पाहुना आउने दिनसम्म हतारमा गरिएको पिच टिक्छ की टिक्दैन भन्ने चिन्ता छ ।
अधिकाश ठाउमा साझ गरिएका पिच, भोली पल्ट हेर्दा देख्न सकिन्न । पाहुनालाई देखाउने हतारको कस्मेटिक काममा यति ठुलो भ्रष्टचार, चरम लापरवाही छ की, हतारमा कमसल र अत्यन्तै कम गुणीतरय काम हुदा धेरै ठाउका पिच पानी परेपछि बगाएका छन् । यो भन्दा ठुलो लापरवाहीको पराकाष्टा के होला ?
जनतालाई सुविधा भन्दा अरुलाई देखाउने विकासे परम्परा रहेसम्म काम गुणस्तरीय हुन सक्दैन । नत जनताले चिल्ला सडकमा हिड्न पाउछन् नत विकाश निर्माणले गति लिन्छ । यसैले देखाउन भन्दा जनताको सुविधाको लागी विकाश गर्ने परम्परा बसाल्न सरकार गम्भिर हुन जरुरी छ ।