Logo

सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?



काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार माइक्रोफोनमा नभइ मैदानमा भेटिनुपर्ने बताएका छन्।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा शुक्रबार प्रहरीको चलाएको गोली लागेर १४ बर्षीय बालक शनि असनाको मृत्यु भएसँगै शर्माले सो ट्विट गरेका हुन् ।

उनले सरकारलाई काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ? भन्ने प्रश्न गरेका छन् । उनले ट्विटमा ’१,अनुसन्धाननै प्रश्नको घेरामा । २,नक्कली दोषी खडा गर्ने ञअपराधझ । ३,अराजनैतिक अभिव्यक्तिले आगोमा घिउ। ४,गोलि लागेर चौध बर्षे बालकको जीवन समाप्ती । माइक्रोफोनमा होइन मैदानमा भेटिनु पर्‍यो सरकार !’ लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्