भदौ ९, काठमाण्डौ । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ ।
उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।
निर्मला पन्त सोही घरमा गृहकार्य गर्न गएका बेला वेपत्ता भएकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । निर्मलाको बलात्कार हत्याको घटनामा उनीहरुको संलग्नता वा थप जानकारी हुन सक्ने आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।
घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुको परिवार दार्चुलामा बस्दै आएका थिए । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् ।
निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै त्यहाँबाट हिँडेको दाबी गरेका थिए ।
त्यसबेला बबिताले निर्मला पोइल गइहोला’ भन्ने जवाफसमेत दिएकी थिइन् ।
भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।
दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।
प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।
सम्बन्धित समाचार :
कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय
नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो
प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?
सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?
कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी
निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा
सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा
निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल
निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत
कञ्चनपुरको कफ्र्यू अझै हटेन, सर्वदलीय बैठक सुरु, सन्नी खुनालाई शहीद घोषणा गर्न माग