भदौ १०, काठमाण्डौ । चौथो बिमस्टेक सम्मेलनका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।
आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यकामा विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । १४ गते भने जोर नम्बरमा गुड्नेछ ।
१३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक विजोर अर्थात १,३,५,७ र ९ भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।
१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक विजोर अर्थात ०,२,४,६ र ८ भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।
यसअघि काठमाण्डौमा सार्क शिखर सम्मेलन हुँदा पनि सवारी साधनमा जोर–विजोर नम्बर प्रणाली लागु गरेको थियो ।