Logo

मोहमद सलाहको प्रेरणादायी गोलमा लिभरपुल विजयी



काठमाडौं, १० भदौ । इङ्गलिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० ले हराएको हो । मोहमद सलाहले २३ औं मिनेटमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो ।

यो जितसँगै लिभरपुलले ३ अंक जोडेको छ । लिभरपुलले पहिलो खेलमा वेष्टहमलाई ४–० र दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो । लगातार तीन खेल जित्दै लिभरपुल ९ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot