Logo

आईपीएल : हैदराबादले लखनउलाई १० विकेटले हरायो, आज पञ्जाब र बैंगलुरु भिड्दै



काठमाडौं, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको छ । गएराति भएको खेलमा लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो ।

जीतसँगै हैदरावाद १२ खेलबाट १४ अङ्क जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा १२ अङ्कका साथ लखनउ छैटौँ स्थानमा छ । आईपीएलमा आज बेलुका पौने ८ बजे पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot