काठमाण्डौ, ११ भदौ । आज गाइजात्रा । देशैभरी विभिन्न कार्यक्रम गरिएको छ । यसपटकको गाइजात्रामा प्रमुख नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा लगायतका नेताहरुको मात्रै आलोचना र कटाक्ष गरिउको थियो ।
ओलीले प्रधानमन्त्री भएपछि ६ महिनाको अवधिमा केही पनि काम नगरको भन्दै कलाकारहरु मनोज गजुरल, दिपकराज गिरी, जितु नेपाल, दमन रुपाखेति, राजाराम पौडेल लगायतले आलोचना गरेका थिए ।
रिपोर्टस क्लब नेपालले गरेको कार्यक्रममा कलाकारहरुले देशमा भइरको विकृतिको उजागर गरेका थिए । उनीहरुले कांग्रेस सभापति देउवाको भूमिकामाथि पनि कटाक्ष गरे । त्यसैगरी नेकपाका अध्यक्ष दाहाल पछिल्लो समय देशको समसामयिक विषयमा मौन बस्ने गरेको भन्दै ध्यानाकर्षण गराए ।
उर्जामन्त्री वर्षमानले कलाकारको कटाक्षप्रति टिप्पणी गर्दै भने, : आज एक दिन जति गाली गरे पनि सहन्छौँ । तर गाली गर्नुअघि हामीले गरेको कामको पनि मूल्याङ्कन गर्नुपर्छ । कलाकारले पनि आङको भैँसी देख्न सक्नुपर्छ ।
त्यसैगरी अर्का मन्त्री लालबाबु पण्डितले यस पटकको गाईजात्रामा कलाकारहरुले नबुझिकन कलाकारहरुले आफ्नो आलोचना गरेकोब ताए ।
तर म आलोचना सुन्छु । मैले नराम्रो काम गरेको छैन । उनले भने ।
कांग्रेस नेता शेखर कोइरालाले गाइजात्रामा कलाकारले नेताहरुको आलोचना गर्नु स्वभाविक भएको बताए । नेताहरुले राम्रो काम नगरेकाले आलोचना स्विकार गर्नुपर्ने उनको तर्क थियो ।
राजेन्द्र महतोले भने गाइजात्रामा आफ्नो बारेमा कुनै पनि व्यङ्ग्य नगरिएको भन्दै आश्चर्य व्यक्त गरे । अरु धेरै नेताहरुको पनि विगतमा जस्तो विरोध नभएको उनको तर्क थियो ।