भदौ १२, काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगालको खाडीको प्रयास विमष्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौमा हुँदैछ । सम्मेलनमा आउने विदेशी पाहुनाहरु हिड्ने सडकका वरिपरी सफा गर्ने तथा सडकका खाल्डा खुल्डी पुर्ने काम गर्दै आएको छ । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भदौ १२ गतेभित्र काठमाण्डोका सबै सडक व्यवस्थित हुने दावी गरेका थिए । तर मन्त्रीले भनेअनुसारको काम भने भएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भदौ १२ गतेसम्ममा काठमाण्डौको चक्रपथभित्रका सडकका खाल्डा पुर्ने र सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने योजना घोषणा गरेका थिए ।
आज भदौ १२ गते हो, मन्त्रिको सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने घोषणा संकटमा परेको छ । उनले गरेको घोषणा पुरा हुन सकेन । सम्मेलन नजिक आउँदै थियो त्यसैले धन्न केही हदसम्म भए पनि सडक का खाल्डाखुल्डी पुरिए । दिर्घकालिन होस् या नहोस् तर देखाउनकै लागि भएपनी उनिहरु हिंड्ने बाटोका खाल्डा पुरे । तर मन्त्री महासेठ आफ्नो बोलि कार्यान्वयन गर्नमा असफल भएका छन् ।
उनले जसरी भनेका थिए त्यो अनुसार केही पनि भएन अथवा भनौ खाल्डाखुल्डी मुक्त सडक बनेन । प्राइम टिभी सँगको कुराकानीमा मन्त्री महासेठले कार्यान्वयन नहुने कुरा घोषणा मात्रै गरेनन्, जिम्मेवारीबाट पनि पन्छिएका थिए । काठमाण्डौका भित्री सडक मर्मत गर्ने काम आफ्नो होइन भन्दै यस अघिको सरकारलाई दोष लगाएका थिए ।
अदालतलाई पनि दोशी देखेका मन्त्री महासेठले बारम्बार भदौ १२ गतेपछी सडक खाल्डाखुल्डी मुक्त हुन्छ भन्दै दोहोर्याउन छोडेनन । तर महासेठको बोली शब्दमा मात्रै सिमित भयो ।
मन्त्री महासेठले एक बर्षभित्रमा सबै सडक व्यवस्थित हुने भन्दै यदी सडकमा ट्राफिक जाम भएको देखिएमा मन्त्री पदबाट रजिनामा दिने समेत घोषणा गरेका थिए ।
भदौ १२ को समयसिमा आँफै तोकेका मन्त्रिले पहिलो घोषणा त सफल गराउन सकेनन के अब एक बर्ष भित्रै उपत्यकाका सडक जाम मुक्त बनाउलान त? यदी जाममुक्त भएन भने उनले घोषणा गरे जस्तै गरी रजिनामा देलान त ? यसका लागि भने एक वर्ष कुर्नैपर्छ । तर मन्त्रीको घोषणाप्रति विश्वास भने ज्यादै कम छ ।
https://www.youtube.com/watch?v=pwXws5iHBJ8&t=5s