भदौ १२, काठमाण्डौ । सरकार अलमलमा परेको र गति सुस्त बन्दै गएको आरोप लागि रहेका बेला प्रधानमन्त्री केपीशर्मा ओलीले त्यसको प्रतिवाद गरेका छन् । उनले प्रतिपक्ष दलले साना तिना विषयलाई उचालेर काम गर्न असहज बनाए पनि सरकार गतिहिन भने नभएको जिकीर गरे । संसद्मा सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका कामहरुको फेहरिस्त नै सार्वजनिक गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अल्झाउन विभिन्न क्षेत्रबाट षड्यन्त्र भएपनि आफूहरु कहि नअल्झिएको दाबी गरेका छन् । मंगलबार संसद्लाई सम्बोधन गर्दै उनले सरकारलाई सुस्त भन्ने आरो गलत भएको दावी गरे । उनले नन इसु लाई उचालेर अनावश्यक भ्रम नफैलाउन प्रतिपक्षीलाई सचेत गराउदै जिम्मेवार बन्न आग्रह गरे । उनले सरकार कतै पनि नअल्मलिएको भन्दै संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नियम बनाउन ब्यस्त भएको बताए ।
आफ्नो नेतृत्वमा सरकार बने यता झण्डै ५० वटा विधेयक मन्त्रीपरिषद्बाट पारित भईसकेको उनले जानकारी गराए । मन्त्रालयको पुर्नसंरचनाको काम सकिएको, कर्मचारी व्यवस्थापनको काम टुंगो लागेको तथा ७ सय ६१ वटा सरकार नै अहिले क्रियाशिल रहेको भन्दै उनले यही उपलब्धि नै संघीयताको सांगठनिक जग हाल्ने र मजबुत बनाउने काम भएको स्पष्ट पारे । साझा सूची संग सम्बन्धीत विषयमा तीनै तहका सरकार स्पष्ट भई काम सुरु भएको भन्दै उनले यसले संघीयता मजबुत बनाउने काम गरेको दाबी गरे ।
अघिल्लो सरकारले छोडेको काुनुनी शुन्यताको विरासतका कारण केही अलमल देखिएको हुन सक्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रका कुनै पनि पक्षलाई नकुल्चने र कुनै पनि किसिमको तानाशाहको पक्षमा नरहेको स्पष्ट पारे । आफुले सधै जनता र मुलुकका लागि काम गरिरहेकाले कसैको कसीमा सफलता जाँच गर्नु नपर्ने दाबी गर्दै उनले लोकतन्त्रका लागि कसैसंग सर्टिफिकेट लिनु पर्ने आवाश्यक नरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले मुलुक ऐन, फौजदारी देवयानी कार्यविधि संहितामाथिको टिप्पणीमा पनि दुई तिहाईको सरकारको दम्भ भन्ने गरिएको भन्दै आक्रोश पोखे । उनले मुलुकी ऐन दुई तिहाईको सरकारले जारी नगरेको भन्दै यस्ता विषयमा सरकामाथि अनेकन आरोप नलगाउन आग्रह गरे ।
आफनो नेतृत्वमा मुलुकी ऐन जारी गरेकोमा गर्व पनि गर्ने अनि त्रुटिपुर्ण पनि भन्ने भन्दै उनले विपक्षी दल कांग्रेससंग आक्रोश ब्यक्त गरे । आफुलाई करप्रसाद ओली भनेर कर आतंकको हौवा चलाईएको भन्दै उनले सार्थक बहस सुरु गर्न प्रतिपक्षी दललाई आग्रह गरे ।
सम्बानेधन पछि प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलका सांसदहरुले कानुन निर्माण, महिला हिंसा नियन्त्रण तथा शान्ति सुरक्षाको प्रत्याभुति, अनावश्यक कर र मुल्य वृद्धि लगायत बारे प्रश्न सोधेका थिए ।सांसदका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले मुल्यनियन्त्रण र कालो बजार नियन्त्रणका लागि सरकारले आवश्यक कदम चालिरहेको स्पष्ट पारे । कर तिर्ने क्षमता अनुसार नै कर लगाउने काम भएको भन्दै अतिरञ्जना गरि प्रचार नगर्न आग्रह गरे । भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता सरकारको भएको पनि स्पष्ट पारे ।