भदौ १३, काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ ।
तस्विर : मुकुन्द कालिकोटे