Logo

मोदीको नेपाल मोह बढ्दै, नोपल र नेपालीको यसरी गरे प्रशंसा (भिडियोसहित)



भदौ १५, काठमाण्डौ । विमस्टेक सम्मेलनका नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धको चर्चा मात्रै गरेनन्, विगतमा भएको अविश्वासको वातावरण पनि हटाउन सफल भए ।

नेपालमाथि नाकाबन्दी लगाएको आरोप खेप्दै आएका मोदीले पछिल्लो समय नेपाली जनताको मन जित्ने प्रयास गरिरहेका थिए । नाकाबन्दी गर्नुअघि २ पटक र नाकाबन्दीपछि २ पटक गरी नेपाल आइसकेका मोदीले नेपालप्रतिको मोह बढाउँदै लगेको देखिन्छ ।

विगतमा आफूसँग नेपाली जनता रिसाएको बुझेर नै हुनुपर्छ, यसपटकको भ्रमणमा मोदीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा नहुँदासम्म सफल नहुने बताए ।

शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

हरेक नेपाली र हरेक भारतीय एक अर्कासँग नमिल्दासम्म दुई देशबीचको सम्बन्ध अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । उनले दिल्ली र काठमाडौंको सरकार मिलेरमात्र दुई देशबीचको सम्बन्ध अगाडि नबढ्ने जिकिर गरे ।

मोदीले नेपाली जनताको भारतप्रति अत्यन्तै प्रगाढ भावना रहेको भन्दै नेपालीलाई खुशी बनाउने प्रयास पनि गरे ।

धर्मशाला उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले नेपालका विविध क्षेत्रको प्रशंशा गरे । मोदीले काठमाडौं दुनियाँभरिको शिव र बुद्धभक्तको आस्थाको केन्द्र भएको बताए ।

पशुपतिनाथमा दर्शन गर्ने विश्वका हिन्दुहरुलाई सहयोग र्पुयाउने गरी धर्म निर्माण गर्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्