Logo

ओली-मोदी हिमचिम बढ्यो, एक-अर्काको प्रशंसा गरेर थाकेनन्



काठमाडौं, १५ भदौ । नेकपाका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पछिल्लो समय निकै सुमधुर सम्बन्ध स्थापित भएको छ ।

ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले विशेष महत्व दिएको कुरा मोदीको सार्वजनिक अभिव्यक्तिमा ओलीको प्रशंसा गर्नुले स्पष्ट पार्दछ । मोदी छिमेकीसँग अति प्रगाढ र विशेष सम्बन्ध कायम गर्दै अघि बढिरहेका छन्।

त्यसमा पनि नेपाल त भारतको असल छिमेकी नै हो । नेपालमा स्थानीय, प्रदेश र केन्द्रगरि तीनै तहको निर्वाचन सम्पन्न भएपछि नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएको छ । सरकार गठनपुर्व नै मोदीले ओलीलाई विशेष महत्व दिएका थिए ।

उनले चुनाव सम्पन्न भएकोमा प्रमुख दलका नेताहरुलाई फोनमार्फत बधाई दिएका थिए । तर, सरकार गठनपुर्व ओलीलाई भने मोदीले दोहोर्याएर दुई पटक फोन गरे । उनले ओलीलाई सरकार गठनको लागि अग्रिम बधाई तथा शुभकामना समेत दिएका थिए ।

प्रधानमन्त्री भएलगत्तै ओलीले पहिलो विदेश भ्रमण भारतबाटै प्रारम्भ गरेका थिए । मोदीले ओलीलाई भारतमा न्यानो सत्कार दिएका थिए । ओली र मोदीले एक अर्काको मन जित्नेगरि आफ्ना कदमहरु चलिरहेका छन् ।

दुवै नेता वाक कटुतामा निपुण छन् । विकास र समृद्धिको नारा त दुवैको लगभग उस्तै छ भन्दापनि हुन्छ । मोदीको ‘सबका साथ, सबका विकास’ र ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ दुवै उस्तै नारा लाग्छन् । यी दुई नेताले विभिन्न सार्वजनिक फोरममासमेत एक-अर्काको प्रशंसा गर्दै आएका छन् ।

विमस्टेक शिखर सम्मेलनमा भाग लिन आउनुपुर्व मोदी केही महिना पहिले तेस्रो पटक नेपाल भ्रमणमा आएका थिए । त्यसबखत मोदीले जनकपुर र मुक्तिनाथको पनि भ्रमण गरेका थिए । जनकपुरमा त मोदी र ओलीको एउटै ड्रेश देखिएको थियो । दुवै नेताले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध घनिष्ठ भएको दाबी गर्दै आगामी दिनमा यो सम्बन्ध थप मजबुद हुँदै जाने घोषणा गरेका छन् ।

चौथो विमस्टेक शिखर सम्मेलनमा भाग लिनको लागि मोदी चौथोपटक यसपटक नेपाल आए । उनको यसपटकको काठमाडौं बसाई अत्यन्तै व्यस्त थियो ।

यसको बावजुदपनि मोदीले नेपाल-भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद बनाउने उद्देश्यले नेपाली समकक्षी ओलीसँग विभिन्न महत्वपूर्ण भेटवार्ता गर्न भ्याए ।खासमा ओली र मोदी काठमाडौं-रक्सौल जोड्ने रेलमार्गसम्बन्धी सम्झौता पत्रमा समेत आफ्नो उपस्थितिमा हस्ताक्षर गराउन सफल भए ।

त्यस्तै दुवै प्रधानमन्त्रीले पशुपतिनाथमा निर्मित नेपाल भारत मैत्री धर्मशालाको पनि आज संयुक्त रुपमा उद्धघाटन् गर्न भ्याए । प्रधानमन्त्री ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताए ।।

भारत सरकारको सहयोगमा निर्माण भएको उक्त धर्मशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनमा धर्मशाला महत्वपूर्ण हुने विश्वास व्यक्त समेत गरेका थिए ।
ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताउँदै गर्दा मोदी पनि खुशी देखिन्थे ।

भारत सरकारको सहयोगमा निर्माण भएको उक्त धर्मशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनमा धर्मशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे

ओलीले सम्बोधनको क्रममा भनेका थिए, “पशुपतिनाथलाई देखिने र बुझ्ने गरी पवित्र धार्मिक स्थलका रुपमा विकास गर्नुपर्छ, स्नान गर्न सकिने गरी वागमतीलाई सफा बनाइनुपर्छ । ज्ञान, दर्शन र सभ्यताको उद्गमस्थल भएकाले पनि यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ । अब यसको पुनर्जागरण गर्नुपर्छ ।” उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूर्वीय दर्शनको ‘सर्वे भवन्तु सुखिनः’ को भावनाअनुसार नै गर्न लागिएको बताएका थिए ।

ओलीले मोदीको र मोदीले ओलीको मुक्तकण्ठले प्रशंसा गर्न भ्याए । मोदीले धर्मशाला दुई देशका जनता जनताबीच सम्बन्ध बढाउने माध्यम बन्ने विश्वास व्यक्त गरे।

“विश्वमा शिवभक्त जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन्, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीले नेपालको विविधतामा एकता ल्याई प्रतिनिधित्व गर्छ, धर्मशालाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेछ”, मोदीले सम्बोधनको क्रममा भनेका थिए ।

प्रधानमन्त्री ओलीले आफूले नेपाली भाषामै बोलेपनि मोदीजीले बुझ्ने भन्दै नेपाली भाषामै आफ्नो सम्बोधन सुरु गरेका थिए ।

ओली पछि बोलेका मोदीले आफूले नेपाली भाषा बुझेको भन्दै ओलीको प्रशंसा गर्दै भाषणको सुरुवात गरेका थिए । उनले सुरुवातमै ओलीले भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन भएलगत्तै हार्दिक श्रद्धाञ्जलीमार्फत दुःख व्यक्त गरेको सुनाए ।

अहिले ओली र मोदीबीच धेरै घनिष्ठ सम्बन्ध बनेको छ । मोदी विमस्टेक शिखर सम्मेलनमा भाग लिन आएपनि उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्छन होला भन्ने धेरैको अपेक्षा र अनुमान थियो । तर, उनले अनुमान गरेजस्तो कोहीपनि नेताहहरुसँग औपचारिक छलफल तथा भेटवार्ता गरेनन् । उनी आझै साँझ स्वदेश फर्किए ।

ओली बिहीबार र शुक्रबार विमस्टेक शिखर सम्मेनलमामात्रै व्यस्त भएनन् । भारतीय प्रधानमन्त्री मोदीसँगपनि घण्टौ भलाकुसारी र भेटवार्तामा व्यस्त रहे । उनीहरुबीच पछिल्ला एका अर्काको भ्रमणको क्रममा भएका द्धिपक्षीय सम्झौता कार्यान्वयनका विषयमा पनि गम्भिर कुराकानी भएको स्रोतको दाबी छ । मोदी र ओली दुवै नेता अब द्धिपक्षीय सम्बन्धलाई नयाँ गति प्रदान गर्ने पक्षमा छन् । ओलीसँग मोदीको केमेष्ट्रीपनि मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्