Logo

निर्मला हत्याका वास्तविक अपराधी पत्ता लगाएर सार्वजनिक गर्नुपर्छ : रमेश लेखक (भिडयोसहित)



काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शनिबार साँझ प्राईम टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले पन्तको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्नुपर्ने बताए । आफूहरुले आज कञ्चनपुरका जनताको भावना बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको उनले सुनाए ।

उनले भने,”अपराध घटित भएको एक महिनाभन्दा बढि भैसक्यो । प्रमाण संलकन गर्न स्थानीय सरकार र प्रहरी प्रशासन चुकेको छ । स्थानीय प्रहरी प्रशासन प्रमाण नष्ट गर्न लागिरहेको देखिएको छ । अपराधी पक्राउ पर्ने सम्भावना थियो । तर, प्रमाण नष्ट पार्ने काम गरेको देखियो । जनताहरु निर्मलाको परिवारको न्यायको लागि आन्दोलनमा उत्रिएका थिए । तर, प्रहरीको ज्यादती भयो ।”

आफूहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले पन्तको हत्यामा संलग्न वास्तविक अपराधी लाई सरकारले पक्राउ गरेरै छाड्ने कुरा बताएको पनि नेता लेखकले सुनाए । प्रधानमन्त्रीको भनाईप्रति आफूहरु आशावादी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot