Logo

यी नेताका कारण नेकपाको एकता रोकियो !



काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताप्रक्रिया अहिले केही समयको लागि स्थगित् भएको छ । पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) जनसङ्गठनको एकीकरण प्रक्रिया पार्टीका प्रभावशाली नेताहरुकै कारण ढिलाई भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका केही प्रभावशाली नेताहरु देश बाहिर हुने भएकोले भदौभित्र जिल्लाको नेतृत्वहरु चयन हुन नसक्ने निश्चित भएको छ।

अध्यक्ष प्रचण्ड भारत र चीनको भ्रमणमा जाने, बरिष्ठ नेता माधव कुमार नेपाल अमेरिकामा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलपनि विदेशमा रहेको र नारायणकाजी श्रेष्ठपनि चीनमा रहने भएकोले एकता प्रक्रियामा विलम्ब हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot