भदौ १८, काठमाण्डौ । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले नेपालका डाक्टरबाट असल सेवा लिनुभन्दा पनि दुःखदिने काम बढि भएकभो गुनासो गरेका छन् ।
नेपाली रेडियो नेपाली नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले चिकित्सक निरुत्साहित हुने गरी ऐन बनाइएकाले आफूहरु सडकमा जानु परेको बताए ।
धेरै दुःख गरेर डाक्टर बनेकाहरुलाई सरकारले उपेक्षा गरेको उनको आरोप छ । “५० औँ वर्ष चिकित्सा क्षेत्रमा विताएका छौँ । तर हामीलाई बदनियत चिताई उपचार गर्न नहुने भनेर जुन कानुन ल्याइएको छ, जसले काम गर्ने वातावरण विग्रिएको छ ।” केसीले भने ।
आफूहरुको लडाई जनताको लागि भएको उनको दावी छ । अहिलेको नियम कार्यान्वयन हुँदा चिकित्सकले राम्रोसँग विरामीको उपचार गर्न नसकिने भएकाले नियम संशोधन गर्नुपर्ने उनको तर्क छ ।
“यही किसिमको नियम हुने हो भने पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ । त्यसैले लाइसेन्स बुझाएका हौँ ।” केसीले भने ।