Logo

झलनाथले भने, ओलीविरुद्ध संघर्ष गर्छु, प्रचण्ड र नेपाल पनि ठिक छैनन्



भदौ २२, काठमाण्डौ । पार्टी एकताका क्रममा आफूलाई अपमान गरिएको भन्दै आक्रोषित बनेका झलनाथ खनाल अझै सन्तुष्ट बन्न सकेका छैनन् ।

तत्कालिन माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा खनाल चौँथो वरियतामा पुगेपछि रिसाएका हुन् । उनलाईभन्दा माधवकुमार नेपाललाई अघिल्लो वरियतामा राखेको कुराले खनालको मन झनै कुँडिएको छ ।

त्यसैले अहिले पनि उनी भन्ने गर्छन्, “मार्यादक्रम तोडेर ममाथि अपमान गरिएको छ । यसरी पार्टी चल्दैन ।”

प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगको कुराकानीमा खनाले पार्टीभित्र अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल मात्रै मिलेर नहुने बताए ।

कार्यकर्तालाई पनि मिलाउनुपर्नेमा खनालले जोड दिए । “कम्युनिष्ट पार्टीले कसैलाई अन्याय गर्न पाईदैन । पार्टीभित्र नै अन्याय भयो भने बाहिर के हुन्छ ? कुनैबेला न्याय नपाए गोरखा जानु भनिथ्यो । अब न्याय नपाए नेकपामा जानु भन्ने हो । नेकपामै अन्याय हुन थालेपछि के हुन्छ ?” खनालले प्रश्न गरे ।
उनले अन्यायका बिरुद्धमा लड्ने बताएका छन् ।

वरियतामा गरिएको अन्यायपूर्ण कुरा माधव नेपालले कसरी स्वीकार गर्नु भयो भनेर खनालले अचम्म मानेका छन् ।



प्रतिक्रिया दिनुहोस्