Logo

ट्याक्सी चढ्नै महङ्गो, सरकार बेखबर



भदौ २२, काठमाण्डौ । सरकारी बेवास्ताका कारण सार्वजनिक सवारी साधन चढ्ने यात्रु ठगिने क्रम अझै रोकिएको छैन् । उपत्यकामा मात्र होइन लामो दूरीमा यात्रा गर्ने यात्रु ठगिने क्रम दिन प्रतिदिन बढ्दो छ । लामो दूरीको यात्रा गर्ने यात्रुपनि सरकारी भाडादर प्रति अन्योलमा रहेका छन् ।

सरकारले २०७२ माघ २४ गतेबाट लागु हुने गरी नयाँ भाडादरमा समायोजन गरेको थियो । नयाँ भाडादर समायोजन गरेपनि त्यसको कार्यान्वयन फितलो भएको हो । सरकारी नियमअनुसार काठमाडौबाट धरानसम्मको भाडादर ८ सय ५१ हो ।

तर, यातायात व्यवसायीले भने ११ सय लिँदै आएका छन् । यात्रुबाट मनपरी सवारी भाडा लिने कार्य अझै नियन्त्रणमा आउन नसकेको हो । उपत्यकामा भन्दा पछिल्लो समय लामो दूरीमा यात्रा गर्ने यात्रु बढि ठगिने गरेका छन् ।

नयाँ नियम अनुसार सरकारले ब्लू बुकमा डिलक्स सुविधा भएको सवारी साधनले २० प्रतिशत र सुपर डिलक्सले ४० प्रतिशत बढि भाडा लिन पाउने ब्यवस्था गरेको छ । तर, आधिकांश सवारी साधनले डिलक्स सुविधाको नाममा यात्रु सँग बढि भाडा असुल्ने गरेका छन । डिलक्स सुविधामा यात्रुका लागि फ्री वाइफाइ आरामदायी सिट र अन्य सुविधा तोकिएको छ ।

सुपर डिलक्समा यात्रुका लागि खानेपानी खाजा आरामदायी सिट एसीको व्यवस्था जस्ता सुविधा तोकिएको छ । डिलक्स होस् अथवा सुपर डिलक्स यात्रुले यात्रागर्दा यस्तो सुविधा महसुस गर्ने पाएका छैनन् । यात्रुको यस्तो गुनासो सम्बोधनका लागि प्रयाशरत रहेको व्यवसायी बताउछन् ।

मापदण्ड अनुसार सरकारी सवारी साधनले बढी भाडा लिएको अथवा नलिएको अनुगमन गरि कारबाही गर्न सरकारी पक्षले तदारुकता देखाउनु पर्ने हो ।तर , यातायात व्यवस्था विभाग भने विभागले यस प्रति कुनै चासो देखाएको छैन ।

लामो दूरीका यातायातका साधनमा डिलक्स र सुपर डिलक्सका नाममा बढी रकम असुली गर्ने देखिएको भन्दै ट्राफिक प्रहरीले यसमा अनुगमन तिव्र पार्ने जनाएको छ ।

सामान्य अवस्थामा होस् अथवा नजिकिँदै गरेका चाडपर्वको वेला यात्रुहरु बढिनै ठगिने गरेका छन् । बढि भाडा तिरेर पनि आरामदायी यात्रा गर्न यात्रुले पाउँदैनन् । सरकारले सिण्डिकेट अन्त्य भएको घोषणा त गर्याे तर आम नागरिकले कुनै पक्षबाट महसुस त्यो महसुस गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्