Logo

ओली ५ वर्षको लागि प्रधानमन्त्री, कांग्रेसबाट कुनै अवरोध हुँदैन : पौडेल (भिडियोसहित)



काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ५ वर्षसम्मको लागि ढुक्कसँग चल्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई यो पाँच वर्षको लागि आफ्नो पार्टीको कुनै अवरोध नरहनेपनि नेता पौडेलले विश्वास दिलाए । प्राईम टाईम्स टेलिभिजनमा आज राति प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छ” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले आफ्नो सारा प्रयास नै पार्टीलाई सुधार गर्नेतर्फ केन्द्रित रहेको सुनाए । पौडेलले भने,”मेरो सारा प्रयास पार्टी सधार गर्नेमा नै छ । हाम्रो पार्टी सुध्रिएर जाओस् । पार्टी सुधार्ने पहिलो जिम्मेवार पार्टी सभापतिको हुन्छ । किनभने अधिकार त्यहाँ छ । उहाँले आफ्नो अधिकार निश्पक्षता गर्ने हो । देउवाजीले तेरो र मेरो भन्ने भावना नराख्ने बित्तिकै पार्टी धेरै सुध्रिएर जान्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot