Logo

शीर्ष नेताहरुसँग पूर्वराष्ट्रपति यादव किन रिसाए ? कारण यस्तो छ



काठमाडौं, २२ भदौ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव प्रमुख दलका शीर्ष नेताहरुसँग रुष्ट बनेका छन् । नेताहरुले तराई–पहाडलाई जोड्ने प्रयास नगरेको यादवको गुनासो छ ।

उनले अब तराई र पहाडबीचको मनलाई जोड्नेगरी विशेष अभियान सञ्चालन गनुपर्ने बताएका छन्। यादवले राजनीतिक दलहरुले तराई–पहाडबीच फाटिएको मनलाई जोडने प्रयास नगरेकोमा असन्तुष्टि पनि व्यक्त गरे।

शुक्रबार काठमाडौंमा आयोजित ‘विपी साहित्य सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यकारहरुले पनि तराई–पहाडलाई जोड्न पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

यादवले भने- ‘अहिले कोही तराई जाँदैनन्, म आफैं खाल्डोप्रेमी भएँ, अहिले तराईलाई अलग गरिएको छ । कि त्यो अर्कै देश हो रु भनिदिनुस् । नभए किन कोही तल जाँदैन रु पत्रकार जादैन । लेखकहरु जाँदैनन् ।’

पूर्वराष्ट्रपति यादवले शीर्षनेताहरुले तराईमा गएर राष्ट्रियताको विषयमा जनतालाई आश्वस्त पार्न सक्नुपर्ने सुझाव दिए । उनले भने-‘वीपी, किशुनजी, गिरिजाप्रसाद कोइराला तराई जान्थे, सबैले भेट्थे । अहिले कोही तराई जाँदैन ।’

उनले तराई, पहाड र हिमाललाई एकतावद्ध बनाएर मुलुकको विकास गर्ने विपी कोइरालाको परिकल्पना साकार पार्न सबै पक्षले लाग्नुपर्नेमा पनि जोड दिए। उनले कांग्रेसमा तराईलाई नेतृत्व दिने नेताको खडेरी परेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

पूर्व राष्ट्रपति यादवले मुलुक संघीयतामा गएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औंल्याए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्