Logo

प्रचण्डको दिल्ली यात्राको इतिवृत्तान्त



भदौ २४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पहिलो राजनीतिक भ्रमण भारतबाट सुरु गरे ।

पहिलो भ्रमणको रुपमा रहेको दिल्ली भ्रमणमा दाहालले महत्वपूर्ण भेटघाट र वार्ता गरे । ४ दिनको अवधिमा उनले मोदीको सुरक्षा सल्लाहाकार अजित दोवललाई भेटेर आफ्नो भ्रमणको सुरुवाता गरेका दाहालले भ्रमणलाई उपलब्धिमुलक बनाउन सफल भए ।

मोदीका निकट मानिने दोवलदेखि प्रधानमन्त्री मोदीसँगको भेट सफल भयो । भ्रमणलाई फलदायी बनाउनका लागि कुनै कसर बाँकी नराखेका दाहालले राजनीतिक क्षेत्रका हस्ती गृहमन्त्री राजनाथ सिंहसँग एक घण्टा कुराकानी गरे । भेटका क्रममा उनले आफ्नी छोरी गंगालाई सँगै राखेका थिए ।
सिंहसँग दाहालले सिमा सुरक्षा लगायतका समस्याका कुरा राखे ।

त्यति मात्रै होइन, भेटका क्रमा राजनाथले भने, म अध्यक्ष हुँदा दिल्ली आउनुभएको थियो । अहिले तपाई अध्यक्ष भएर आउनुभएको छ । राजनीतिक रुपमा हाम्रो पूर्ण सहयोग सहयोग छ ।

र्सिहसँगको भेटमा नेपालमा भारतविरोधी गतिविधी हुन नदिने कुरा भएको थियो । दाहाल र मोदीबिीचको भेटवार्ता पनि निकै फलदायी भयो । करिब एक घण्टा २० मिनेटसम्म मोदी निवासमा वार्ता भएको थियो ।

नेपाल भारतबिच विगतमा भएका सम्झौता, समझादारी र सन्धी कार्यान्वयनको पाटोमा दुवै पक्षले जोड दिए । मोदीले नेपालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

राजनीतिक रुपमा अब कसरी जाने भन्ने विषयमा पनि मोदी र दाहालबीच छलफल भयो । नेपालको आर्थिक विकास र राजनीतिक स्थिरताका लािग मोदीले शुभकामना दिदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आगामी दिनमा भारतले नेपाललाई विश्वासिलो मित्रको रुपमा लिने र त्यसको नेतृत्व प्रचण्डले गर्ने तर अहिले नै दाहाललाई प्रधानमन्त्री बन्ने ग्रिन सिग्नल भने भारतले दिएन ।

भविष्यमा ओलीपछिको प्रधानमन्त्री दाहाल नै हुन भन्नेमा भने मोदी सकारात्मक छन् । मोदी अबको चुनावबाट पनि प्रधानमन्त्री बन सफल भए भने नेपालमा दाहालको सम्भावना छ ।

नेपालका लागि भारतका पूर्व राजदूत रन्जित रेले नेपालको सरकार परिवर्तनतिर भारतको आँखा छैन भनेर दाहालसँग भनेका थिए ।

दाहालसँगको अनौपचारिक कुरापछि रेले ऋषि धमलासँग कुरा गर्दै अहिले ओली नै उपयुक्त व्यक्ति हुन् भनेका थिए । रेले ऋषि धमलासँग कुरा गर्दै भने, तपाई नेपाल–भारत सम्बन्धको राम्रो जानकार हो । त्यसैले अहिले ओलीको विकल्प छैन । “ओली हट्दा कसैलाई पनि फाइदा छैन । तर प्रचण्ड विश्वमै चमत्कारी व्यक्ति हुन् । जुनसुकै बेला प्रधानमन्त्री नहोलान् भन्न सकिदैन ।”

मोदीसँग दाहालको राजनीतिक विश्वास कामय भएको भारतका नेताहरुले बताएका छन् । भारतले सहयोग गर्ने र राम्रो सम्मान दिएकाले दाहाल प्रफुल्ल भएर काठमाण्डौ फर्किएका छन् ।

हिजो दिल्लीको होटल ताजमहलमा धमलासँग दाहालले भनेका थिए, “मेरो र मोदीको केमेष्ट्री मिलेको छ । हामी एक भएर नेपालको विकासमा लाग्छौँ । भारतको समर्थन रहन्छ । म पनि अगाडि बढ्छु ।”

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भने दाहालको भेट औपचारिक मात्रै रह्यो । सुश्मा स्वारजसँगको लञ्चमा पनि दुई पक्षीय हितको कुरा भएको छ ।

जनआन्दोलनमा राम्रो सहयोग गरेका भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरी र भारतीय कम्युनिष्ट पार्टीका नेता डि राजासँग भेट्दा दाहाललाई मोदीको नीतिबारे सजग गराएका थिए ।

आउने चुनावपछि मात्रै तपाई भारतसँगको सम्बन्धमा कसरी जाने भन्नेमा दाहालले सोच्नुपर्नेमा यचुरीले सचेत गराएका थिए ।

यचुरीले धमलासँग भने, “आउने चुनावपछि नेपाल भारत सम्बन्धको नयाँ जग बस्छ ।” आगामी मेमा भारतको लोकसभा चुनाव हुँदैन ।

इण्डियन फाउण्डेसनले आयोजना गरेको डिनर मिटिङमा सहभािग भएका दाहालले भने अब नेपाल भारत सम्बन्धको जग बलियो भएको बताएका थिए । “दुई देशबीचको सम्बन्धलाई कसैले भत्काउन नसक्ने बनाउने मेरो प्रण हो । यसका लागि नेपालमा आर्थिक क्रान्ति चाहिन्छ, भारतले सहयोग गर्छ ।” दाहालले भने ।

“म भारतको सबै ठाउँ घुमेको छु । मेरो गुरु एसडी मुनी यहाँ हुनुहुन्छ । मलाई सहयोग गर्ने राजदूत रन्जित रे पनि हुनुहुन्छ ।” दाहालले भने, “मोदी, एसडी मुनी र रेको प्रशंसा गर्न चाहन्छु ।”

भारतका उद्योग वाणिज्य मन्त्री सुरेश प्रभु विजेपीको कार्यकारणी बैठक नै छोडेर दाहालको रिसेप्सनमा आएका थिए । उनले दाहाल भारतमा आउँदा हामी खुशी लागेको भन्दै प्रशंसा गरे । प्रभुले भने, “म यति मात्रै भन्छु दाहाल हाम्रो सदा मित्र रहिरहनुहुन्छ । मलाइ विश्वास छ ।”

दाहाल आज फर्कनुअघि जनयुद्धका बेला बसेको घुमेको ठाउँ कोरलबाग घुम्न चाहेका थिए । तर समय भने मिलेन ।

समग्रमा दाहालले भारतसँग विश्वासको वातावरण बनाउन सफल भएका छन् । ओलीपछि प्रधानमन्त्री बन्ने बाटो पनि लगभग तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्