Logo

शिक्षा पुरस्कारका लागि अक्षयकोष स्थापना



दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरा निवासी भण्डारी परिवारले आफ्ना स्व बुबा तेजप्रसाद र आमा लीलादेवी भण्डारीको स्मृतिमा महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कार स्थापना गर्नुभएको छ ।

उपमहानगरपालिका–६ रजौरा स्थायी घर भई हाल काठमाडौँ निवासी पुरुषोत्तम भण्डारी र उहाँका भाइ निरणप्रसाद, अच्युतप्रसाद, भोजप्रसाद र रोहितप्रसादले महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कारका लागि आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।

सो कोषको रकम ब्याजबाट प्रत्येक वर्ष कक्षा ११ र १२ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने तीन-तीन छात्रछात्रालाई पुरस्कृत गरिने सर्तमा प्रदान गरिएको अक्षयकोष संस्थापक निरणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उक्त रकम महेन्द्र मावि विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापालाई तुलसीपुरमा रहेको वेष्र्टन डेभलपमेन्ट बैंकमा रहेको खातामा प्रदान गरिएको छ । पुरुषोत्तम भण्डारी हाल सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ भने अच्युतप्रसाद उच्च अदालत पाटनमा न्यायाधीश हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot