Logo

चर्चित कलाकारहरु ‘अनुराग’ चलचित्र हेर्न आँतुर, कसले के भने ?



काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएसँगै बजारमा नयाँ तरंग सिर्जना भएको छ ।

चलचित्र ‘अनुराग’लाई लिएर संगितकार शम्भुजित बास्कोटाले असोज १२ गते हलमै पुगेर चलचित्र हेर्ने बताएका छन् । त्यस्तै चलचित्र निर्देशक एवम् निर्माता उज्वल घिमिरेले ‘अनुराग’को ट्रेलर हेरेकोपछि आफूलाई मन परेको भन्दै स–परिवार उक्त चलचित्र हेर्न हलमा जाने बताए ।

त्यस्तै कार्यक्रम धमलाको हमलामा गायक तथा सर्जक शिव हमाल र गायिका तृप्ती खड्काले ‘अनुराग’को बारेमा प्रचार गर्न र हलसम्म पुगेर हेर्नको लागि आग्रह गरेका छन् ।

असोज १२ गते रिलिज गरिने यस फिल्ममा अनु र रागको प्रेममा आउने उचारचढावको कथा देखाईएको ट्रेलरबाट देख्न सकिन्छ । यो फिल्ममा एलिजा र नव–नायक समुन्द्र पण्डितको लभ केमेष्ट्री देख्न पाईन्छ ।

‘अनुराग’ मा ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको बेजोड अभिनय रहेको निर्माण पक्षले दाबी गरेको छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् ।

भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसीको छायाँकन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot