Logo

कांग्रेस नेता गच्छेदारले किन गरे नेताहरु असफल हुने कुरा ?



विराटनगर, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छेदारले सङ्घीयताको सफल कार्यान्वनका लागि सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “सङ्घीयता कमजोर भएमा राजनीतिक दलको कुनै भविष्य नरहने हुँदा यसको सफल कार्यान्वयनका लागि सबै लाग्नुपर्दछ ।”

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गच्छेदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई चिरस्थायी र दीर्घ बनाउन सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउँदै जनताको मागअनुसार संविधानलाई क्रमिकरुपमा संशोधन गर्दै लैजानुपर्ने बताए ।

मुलुकको राज्य प्रणाली संसदीय मूल्य मान्यताअनुसार अघि बढेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहीँ कतैबाट हुन नहुने बताए ।

नेता गच्छदारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ सरकारको मात्र नभएर काङ्ग्रेसको पनि चाहना भएकाले यसलाई पूरा गर्न सरकार दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

एक प्रश्नको जवाफमा उनले सङ्घीय सरकारले संविधानमा उल्लेख भएबमोजिमको अधिकार प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot