Logo

‘रेड लाईट एरिया खोल्नुपर्छ, होईन भने यौनकर्मीको परिचयपत्र दिनु पर्‍यो’



काठमाडौं, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेड लाईट एरिया खोल्नुपर्ने बताएका छन् । उनले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानुपर्ने पनि धारणा राखेका छन् ।

होटल संघ नेपालले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले यौन व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्नु पर्ने बताए।

मुख्यमन्त्री गुरुङले भने,‘कि रेडलाइट एरिया खोल्नु पर्‍यो, रडेलाइट नखुल्ने हो भने यौनकर्मीको परिचयपत्र दिनु पर्‍यो।’ उनले यौनकर्मीलाई परिचय पत्र दिएर पछि कर उठाउने व्यवस्था गनुपर्ने समेत बताए। मुख्यमन्त्री गुरूङले भने,‘परिचयपत्र भए पछि जुनसुकै होटलमा गएपनि भयो, पुलिस चेक गर्न आए कार्ड देखाए भइ हाल्यो ।’

कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको भनाइ थियो। उनले पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउनु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot