भदौ २७,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाएको छ । पार्टीको तल्लो कमिटिको एकता प्रक्रियामा देखिएको समस्या तथा सरकारको कामकारबाही लगायत बिषयमा छलफल गर्न राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ३ बजेपछि बैठक बस्नेछ ।
बिहान ११ बजेका लागि बैठक बोलाईएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्ताताका कारण दिउँसो तीन बजजेका लागि सारिएको हो ।
पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया नटुंगीएपछि त्यसको स्पष्ट मापदण्ड बनाउन बैठक बोलाइएको हो ।
मुख्य गरी जिल्ला कमिटिको एकीकरणमा नेकपा भित्र समस्या देखिएको छ । त्यस्तै आजको बैठकमा सरकारको कामकारबाहिका बिषयमा पनि छलफल हुने प्रधनमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
सरकारका मन्त्रीहरुको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टी भित्रै चर्को असन्तुष्टी भएपछि नेकपाले सचिवालय बैठकमै त्यसको समिक्षा गर्न लागेको हो ।