Logo

राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा, गरिन् विशेष पुजा (फोटोफिचर)



काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति पुगेकी छन् । हिन्दुनारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा पुजाअर्चन गर्न राष्ट्रपति भण्डारी पशुपति पुगेकी हुन्।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जाँदा उनलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गरेका थिए ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot