२८ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
बिहीबार संसद बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।
सांसद्हरुले सरकारले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको र समाचार लेखेकाे अाराेपमा ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिराेधमा संसदमा अवराेध गरेका हुन ।
सांसद्हरुले उभिएर बिराेध जनाए पछिसभामुखकृष्णबहादुर महराले १० मिनेट बैठक स्थगित गरेका छन्।