Logo

ओलीविरुद्ध यसरी जंगिए देउवा, पत्रकारलाई पक्राउ गरेकोप्रति आपत्ति



काठमाडौं, २८ भदौ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । सभापति देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका हुन् ।

सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्सर्ना गरेका छन् । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot