Logo

देउवा-पौडेल कलह सतहमा, बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित्



काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद सतहमा पोखिएको छ ।

पछिल्लो समय नेता पौडेलल सभापति देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भैरहेका छन् । त्यसैको प्रत्यक्ष असर आजको लागि बोलाईएको केन्द्रिय कार्यसमिति बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित भएको छ।

स्रोतका अनुसार नेता पौडेलले देउवाविरुद्ध मोर्चाबन्दी कसिसकेका छन् । उनले हालै आफ्नो क्याम्पका नेताहरुको गोप्य भेला आयोजना गरेर सभापतिविरुद्ध अब एक भएर लड्ने अठोट नै गरेका थिए ।

देउवाले पार्टीमा एकलौटी गरेको उनीहरुको आरोप छ । तर, देउवा पक्षधर नेताहरु भने पौडेल पक्षको आरोपमा कुनै सत्यता नरहेको जिकिर गर्छन् ।

आजभन्दा एक साता अघि भदौ २१ गते नै तय गरिएको बैठक आजका लागि सारिएको थियो। तर, आज बोलाईएको बैठक बस्दै नबसी पूनः सारिएको छ । अब कहिले बैठक बस्छ भन्नेबारे एकिन भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot