Logo

ईपिजीको संयुक्त प्रतिवेदन पहिले मोदीले पाउने, अनिमात्रै ओलीलाई



काठमाडौं, २९ भदौ । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाउने भएका छन् ।

ईपिजीका भारत तर्फका संयोजक एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले आफूहरुले प्रतिवेदन तयार पारेको करिब तीन महिना बितिसकेकोले चाँडो भन्दा चाँडो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउन चाहेको बताए ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘मैले भारतीय प्रधानमन्त्री मोदीजीसँग प्रतिवेदन बुझाउनको लागि समय मागिसकेको छु । उहाँले पनि समय दिईसक्नुभएको छ । अबको १५ दिनभित्र मोदीलाई प्रतिवेदन पेश गर्छौं । पहिला भारतीय प्रधानमन्त्री मोदीलाई र, त्यसपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई दिन्छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot