Logo

बलात्कारीको आँखा फुटाउने तरिका सिकाउँदै नेपाल प्रहरी, होला त प्रभावकारी ?



भदौ ३०, काठमाण्डौ । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ ।

प्रहरीले बलात्कारीको आँखा फुटाउने तालिम देशभर दिने तयारी थालेको हो । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रुपमा तालिम दिन तयारी थालेको हो । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको कोर्स समावेश गरिएको छ ।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।



प्रतिक्रिया दिनुहोस्