Logo

निर्मलाको न्यायका लागि ऋषि धमला र रवी लामिछाने सडकमा, माइतिघरमा मानवसागर



भदौ ३०, काठमाण्डौ । काठमाडौंको माइतिघर मण्डलामा निर्मलाका निम्ति न्याय अभियान अन्तरगत प्रदर्शन सुरु भएको छ ।

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि हजारौंको संख्यामा सहभागी रहेका छन् ।

बलात्कारीलाई कारबाहीको माग गर्दै नारा लगाउँदै प्रदर्शन भइरहको छ । प्रदर्शनमा निर्मलाका बाबु र आमा समेत भएका सहभागी छन् ।

प्रदर्शनमा पत्रकारद्धय ऋषि धमला र रवी लामिछाने पनि सहभागि छन् ।

धमला र लामिछानेलाई निर्मलाका बाबु आमाले हत्यारा पत्ता लगाउन सहयोग गरिदिन आग्रह गरेका थिए ।

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन सहितको प्रदर्शन जारी छ ।



प्रतिक्रिया दिनुहोस्