Logo

मन्त्री पुनको आरोप : सङ्घीयता विरोधिले टाउको उठाउन खोजे



रोल्पा ३० भाद्र /ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगाउनु भएको छ ।

जिल्ला समन्वय समिति रोल्पाले आज लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको छ भन्नुभयो ।

सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने बताउँदै उहाँले सङ्घीयता नचाहने समूहले सङ्घीयताको बदनाम गर्न लागेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, राष्ट्रियसभाका सांसद मीना बुढामगर, प्रदेश सांसद दीपेन्द्र पुनमगर लगायतले जनताको आवश्यकताका आधारमा सरकारको सरकारले गतिविधि बढाउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र बजेट प्रस्तुतीकरण गरेका थिए । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिकासहित १० वटा स्थानीय तह रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्