असोज १, काठमाण्डौ । निर्मलाका बाबु आमाले प्रधानमन्त्रीलाई भेटेका छन् । आज बाबु यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले प्रधानमन्त्री निवास वालुवाटार पुगेर केपी ओलीलाई भेटेका हुन् ।
उनीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै निर्मलाका हत्यारालाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा विना मगर, रमेश लेखक, लेखराज भट्ट, दिलेन्द्र बडु, एनपी साउद लगायतका त्यस क्षेत्रका नेताहरुको पनि सहभागिता थियो । त्यसैगरी मानवअधिकारवादी र महिला अधिकारकर्मीको पनि सहभागिता थियो ।
तस्विर : मुकुन्द कालिकोटे