Logo

मन्त्री महासेठसँग यसरी खनिए माधव नेपाल, गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी



ठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले चाबहिल-जोरपाटीको बाटो निर्माणमा भौतिक मन्त्री रघुवीर महासेठले नै ढाँटेको भन्दै मन्त्रीविरुद्ध आक्रोश पोखेका छन् ।

मंगलबार काठमाडौंका ११ वटै स्थानीय तहबाट सम्पादित कार्यको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो आक्रोश पोखेका हुन् । उनले चाबहिल-जोरपाटीको बाटो तत्काल नबने मन्त्रीले पनि गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले मन्त्री महासेठले गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनको आलोचना गरेका थिए । उनले भने,‘बाटो देखाउनको लागि मैले मन्त्रीलाई सँगै लिएर गएको थिएँ, तर अहिलेसम्म त्यो बाटो जस्ताको त्यस्तै छ, हामीले भन्दा त मन्त्रीले सुन्दैनन् भने जनताले भन्दा के होला।’ फाईल तस्विर 

यो पनि पढ्नुहोस :

https://reportersnepal.com/2018/08/263780.html

https://reportersnepal.com/2018/07/259413.html

 



प्रतिक्रिया दिनुहोस्