Logo

राजेन्द्र क्षेत्रीको सम्पत्ति छानबिन गर्न सांसदको माग



काठमाडौं, ४ असोज । सांसद हृदयस त्रिपाठीले सेनालाई व्यापारमा लगाउनु गलत भएको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले सेनाले व्यापार गर्दा व्यवसायीक कुरामा आँच आउने बताए।

भर्खरै निवृत्त प्रधान सेनापति राजेन्द्र क्षत्रीकाबारेमा पत्रपत्रिकामा धेरै कुरा आएको भन्दै उनका बारे छानविन गर्न समेत त्रिपाठीले माग गरे।त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा  धेरै किमिसमा अप्ठ्यारा र  समस्या आउन सक्छन् ।’

सांसद हृदयेश त्रिपाठीले बिहीबारको संसद बैठकमा बोल्दै भने- अहिले नै रूख काट्न किन हतारो गरिएको हो? उनले विमानस्थल निर्माणका लागि आवश्यक डिपिआर र लगानीको स्रोतबारे पनि जवाफ माग गरे।

त्रिपाठीले अहिले रूख कटान गरी त्यहाँ जग्गा कब्जा गरेर बस्ती बस्ने आशंका उब्जिएको बताए। सुन काण्ड र निर्मला पन्त प्रकरणमा प्रहरीको हौसला गुमेको भन्दै उनले सेनाको पनि यस्तो स्थति आउन सक्नेमा सचेत हुन आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्