काठमाडौं, ४ असोज । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भए सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
सत्तारुढ दल नेकपाका सांसदहरुले तपाईविरुद्ध महाअभियोग लगाउनेगरि आज हस्ताक्षर संकलन गर्न थाले नि भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”मसँग अरु के नै विकल्प छ र ? महाअभियोग लगाए म सामना गर्न तयार छु ।”