असोज ६, काठमाण्डौ । मुलुकमा दुई तिहाई बहुमतको सरकार छ । सरकारले जनादेश अनुसार काम गर्न नसक्दा सानातिना द्धन्द्ध पनि चलिरहेका छन् । मुलुकभर तीन दजर्नको हाराहारीमा द्धन्द्धरत पक्ष रहेका छन ।
यी मध्ये नेत्रविक्रम चन्द (विप्लब) समुहको नेपाल कम्युनिष्ट पार्टी र सीके राउत नेतृत्वको गठबन्धन चुनौतीको रुपमा देखिएको छ । द्धन्द्धरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको भएपनि खासै उपलब्धि हुन सकेको छैन ।
गत भदौ ८ गते बसेको मन्त्री परिषदको बैठकले द्धन्द्धरत पक्षसँग वार्ता गर्नको लागि वार्ता कमिटि गठन गरेको थियो । नेकपाका नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता कमिटि गठन गरिएको थियो । वार्ता समितिले विभिन्न द्धन्द्धरत पक्षसँग वार्ताको आब्हान गरेको भएपनि खासै प्रगती गरेको छैन ।
अहिले सरकारका लागि विशेष गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन चुनौतीको रुपमा देखिएको छ । सरकारले सवै प्रकारका द्धन्द्ध निर्मुलगरी सहमतीका माध्यमवाट शान्ति, सहिष्णुता र सदभाव गर्ने बताएको छ । वार्ता टोलीले सवै द्धन्द्धरत पक्षलाई वार्तामा आउन आब्हान गरे पनि खासै प्रगती भएको छैन । यसविचमा द्धन्द्धरत पक्षका केही नेतासँग मात्र अनौपचारीक रुपमा वार्ता भएको सरकारी वार्ता टोलीको भनाई छ ।
प्रमुख राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि मात्र काम गर्दा मुलुकमा विभिन्न जातिय तथा क्षेत्रीय पक्ष द्धन्द्धरत छ । त्यसमध्ये नेत्रविव्रmम चन्द विप्लव नेतृत्वको माओवादी र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठवन्धनले सरकारको टाउको दुखाउने काम जारी राखेको छ । यसैगरी मधेश केन्द्रीत दलहरुले पनि संविधान संशोधन गरेर आफना माग पुरा गराउन सरकारलाई दवाव दिइरहेका छन ।
द्धन्द्धलाई समान्य ठानेर त्यसै छाडने हो भने वीगतमा झै मुलुकले ठुलो मुल्य नचुकाउला भन्न सकिदैन । अहिल्य चुनौतीको रुपमा देखिएका विप्लब समुहले जनवादी क्रान्तिको सपना देखेको छ भने स्वतन्त्र मधेश गठवन्धनले नेपालवाट मधेशलाई अलग राष्ट्र बनाउने सपना पालेको छ । यी वाहेक ३ दर्जन वढी समुह कुनै न कुनै रुपमा अस्तित्वको लडाइ लडिरहेका छन । यी सवै समुहसँग सरकारले वार्ता गरेर सहमतीमा ल्याउने महशुस गरेको छ ।
विगतमा मुलुकले दशक वढी द्धन्द्ध भोग्यो । एक दुइ वटा बन्दुक लुटेर हिडेकाहरुले वार्तामा आउदा राज्यको समकक्षमा आफुलाई प्रस्तुत गर्ने हैसियत वनाए । त्यसकारण कसैलाई अपेक्ष नगरी समस्या केहो त्यसको निराकरणमा लाग्नु नै उत्तम विकल्प हो ।