Logo

विहे गर्न नमानेको भन्दै महिलामाथि एकसाथ एसिड र छुरा प्रहार



असोज ९, काठमाण्डौ । नवलपरासीको कावासोतीमा पुरुषले महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।

कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका हुन् ।

स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । उनीहरु दुवै विवाहित हुन् ।

विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेका थिए । बसन्ती गम्भीर घाइते भएकी छन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने विमल श्रीपालीलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्